संविधान दिवसको दिन पारेर ५ सय ३७ कैदीको कैद माफी

संविधान दिवसको दिन पारेर सरकारले ५ सय ३७ कैदीको कैद माफी गरेको छ । उनीहरू सोमबार कैदबाट छुट्ने छन् । सजाय माफी गर्ने कार्यविधिअनुसार गृह मन्त्रालयले विभिन्न कारागारमा रहेका कैदीको कैद मिनाहाको सिफारिस गरेको थियो । 
त्यसैअनुसार मन्त्रिपरिषद बैठकले बालबालिका र महिला बेचविखन, अवैध हतियार, बलात्कार, अपहरण, संगठित अपराध, भ्रष्टाचारलगायत गम्भीर प्रकृतिको अपराधबाहेक हकमा कार्यविधिले तोकेअनुसारको कैद सजाय काटेका कैदीको कैद मिनाहाको निर्णय गरेको हो ।
यसअघि गणतन्त्र दिवसमा सरकारले ८ हजार ८ सय ७ कैदीको कैद मिनाहा गरेको थियो । सरकारले असल चालचलन भएको, ६० प्रतिशत कैद भुक्तान गरिसकेको व्यक्तिलाई राष्ट्रिय दिवस पारेर कैद मिनाहा गर्दै आएको छ । रानीबारी हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका प्रमेश चौहान राष्ट्रिय दिवसमा