स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा उनले निर्वाचन आयोगले तीव्ररुपमा काम अगाडि बढाइरहेको र सबै दलहरुको प्रतिबद्धतासमेत रहेकाले स्थानीय निर्वाचन हुनेमा कुनै शंका छैन- भने ।
तोकिएको समयमा स्थानीय तहका साथै अरु निर्वाचन नभए देशमा संवैधानिक संकटसमेत आउने उनको भनाइ थियो । इमेजखबरमा समाचार छ ।