कांग्रेसद्वारा राजधानीका विभिन्न विद्यालयमा बम राखिएको घटनाको भत्र्सना

कांग्रेसले राजधानीका विभिन्न विद्यालयमा मंगलबार बम राखिएको घटनाको भत्र्सना गरेको छ । कांग्रेसले मंगलबार विज्ञप्ति जारी गर्दै शान्ति क्षेत्रका रूपमा रहेका विद्यालयहरूमा यस्ता घटना हुनु अत्यन्त निन्दनीय भएको जनाएको छ ।  
बालबालिका, शिक्षक, अभिभावक तथा समाजमा भयको वातवरण सिर्जना गर्न खोज्ने यस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूको तत्काल खोजी गरी कडा कारबाही गर्न सरकारसँग कांग्रेस माग गर्छ,  विज्ञप्तिमा उल्लेख छ । 
कांग्रेसले शान्ति, विकास र समृद्धिका वाहक मानिएका बालबालिकाले भयरहित वातवरणमा शिक्षा आर्जन गर्न पाउने नैसर्गिक अधिकारमाथि यो घटनाले ठाडो प्रहार गरेको टिप्पणी गरेको छ । कान्तिपुरमा समाचार छ ।