प्रधानमन्त्री दाहालद्वारा शान्ति-प्रक्रिया पूरा गर्ने नाममा गम्भीर अपराधमा संलग्नलाई छुट नदिइने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति-प्रक्रिया पूरा गर्ने नाममा गम्भीर अपराधमा संलग्नलाई छुट नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा बुधबार शान्ति तथा पुनःनिर्माण मन्त्रालयले राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले शान्ति-प्रक्रियालाई पूरा गर्न सबैखाले काम गर्न सरकार लागिरहेको पनि बताए ।
प्रधानमन्त्री दाहालले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता परिएकाहरुको छानबिन आयोगको कामलाई आवश्यक सबै सहयोग गर्न सरकार तयार रहेको बताए ।
उनले संविधानलाई अधिकतम् स्वीकार्य बनाउन कार्यान्वयनको जिम्मेवारी पूरा गरी छाड्ने अठोट व्यक्त गरे ।
कार्यक्रममा सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले शान्ति