जुम्लामा भ्यान दुर्घटना, दुई जनाको मृत्यु, ६ जना घाइते

जुम्ला सिंजाको गोठिज्यूलादेखि मुगु रारा जाँदै गरेको को १ च ३० ९९ नम्बरको पिकप भ्यान कनकासुन्दरीमा दुर्घटना भएको छ ।
दुर्घटनामा परि घटनास्थलमै दुई जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्धप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार दुर्घटनास्थलमा फोन सम्पर्क हुन नसकेकाले मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
भ्यानमा ८ जना सवार थिए अन्य ६ जना घाइतेलाई उपचारका लागि सदरमुकाम खलंगा ल्याइँदै गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसमध्ये दुई जनाको अवस्था गम्भिर छ । कान्तिपुरमा समाचार छ ।