सिदार्थ राजमार्गको चरचरेमा जिप दुर्घटना २ जनाको मृत्य

सरिता भुसाल / सर्य प्रसाद भुसाल
बुटबल । गुल्मीको तम्घासबाट बुटबल तर्फ जादै गरेको जिप राति सिदार्थ राजमार्ग को पाल्पा तानसेन नजिक दुर्घटना हुदा दुई जनाको मृत्युु भएको छ।
घरायसी कामको सिलसिलामा बुटबल हिडेका गुल्मी निबासी रेसुङ्गा बहुमुखि क्याम्पसका प्रध्यापक कृष्ण भण्डारी तथा गुल्मी कै निर्माण व्यवसायी  राम प्रसाद पन्थीको घटनास्थलमा नै मृत्युु भएको क्षेत्रीय ट्राफिक प्रहरि कार्यलय बुटबलले पुष्टि गरेको छ दुर्घटनामा परि जिप चालक देबि पन्थि गम्भीर घाइते भएका छन ।  
घाइते पन्थीको पाल्पामा उपचार भैरहेको छ घाइतेको अबस्था गम्भीर रहेको बुझिएको छ ।  जिप दुरघटना हुनुको कारण खुल्न नसकेको प्रहरी को भनाइ छ ।