
साउदी अरब (अर्घाखाँचीडट्कम) मोरंग बेलारीका भिम बहादुर दाहाल अदालतले तोकेको ९० लाख

रुपैया (३१७ हजार साउदी रियाल) बुझाउन नसक्दा साउदीको वादी अलदबासिरको जेलमा बिगत ४ बर्ष
देखि बन्दि जिबन बिताईरहेका छन् ।



८ जना सबार रहेको साउदी परिबार चढेको गाडीलाई ठक्कर दिदा र उक्त ठक्करबाट एक जनाको मृत्यु
भएका कारण उनि जेल परेका हुन् ।


नेपाली दुताबासका कुमार राउत, मान बहादुर थापा र प्रबासी नेपाली मंचका प्रमुख सल्लाहकार बिमल गौतमले जेलमा गई उनको मुद्दा अबस्थाको बारेमा जानकारी लिएका छन् ।
८ जना लाई ठक्कर दिए र १ को मृत्यु ७ को हात खुट्ट भचिदा अस्पताल लानुको सट्टा भागेकोले मानबियता सम्म नदेखिएकोले १००% गल्ती भएका भिम को बारे नेपाली दुतावास ले आफुले ब्लड मनी तिर्न श्रोत नभएको र दाहालको पनि आर्थिक स्रोत नभएकोले सहयोग गर्न भनेको निज भिम ले पनि अदालत त्यही बयान दिएको ले मैले यही ब्यहोरा जनाउदै बैकल्पिक श्रोत बाट यो पैसा तिरेर भिम लाई नेपाल पठाउन अनुरोध गरी २० तारिक अदालत मा अनुरोध गरेको छु आउने आइतबार भिम को हित मा फैसला हुन सक्छ भनि जेलरले भन्दा हामी खुशी भयौ बिमल गौतमले भने ।






