सुर्य प्रसाद भुसाल
नेपाल बिधार्थि संघका केन्द्रीय अध्यक्ष नयनसिह महरले एकलौटी गर्न खोजेको भन्दै बरिस्ठ नेता रामचन्द्र पौडेल पक्षका बिधार्थि नेताहरुले काठमाडौ मा छुट्टै भेला सम्पन्न गरेका छन ।
भेलालाई सम्बोधन गर्दै पौडेल पक्षिय बिधार्थि नेता केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले अाफुहरुले बिधार्थिहरुहरुको हक अधिकार सुनिश्चित गर्नका लागि अन्यायका बिरुद्ध डटेर प्रतिबाद गर्ने बताउनु भएको छ ।
नेता रानाले बहुमत पदाधिकारीहरुको मनोभावना बिपरित केन्द्रीय अध्यक्षले बिभाग गठन गर्दा केन्द्रीय समितिको बैठक नबोलाई एकलौटी ढगले अगाडि बढन खोजेको भन्दै गलत बाटो नहिडन अाफुहरुले पटक पटक अध्यक्ष सहिता बिधार्थि नेताहरुलाई अाग्रह गरेको तर सुनुवाइ नभएको भेलामा नेता रानाले बताउनु भएको थियोे ।
पौडेल पक्षिय बिधार्थि नेताहरुतथा उपाध्यक्षहरु प्रकाश राना खडक बहादुर डागि उर्मिला थपेलिया नबिन राई सागर परियार सिब रिमाल तथा सह महामन्त्रिहरु ईश्वर बहनदुर बिष्ट साधना घिमिरे दिपेश राई ललिता सुनुबारले भेलालाई सम्बोन गरेका थिए ।
भेला पछि उनिहरुले प्रेस बिज्ञत्ति प्रकाशित गर्दै अध्यक्षलाई मनोमानि ढगले अगाडि नबढन तथा अाम बिधार्थिहरुको मनोभाबना लाई बुझेर काम गर्न चेताबनि समेत दिएको उपाध्यक्ष रानाले बताउनु भयो ।