गितकार शारदा मरासिनी सरुको अर्को धमाकेदार आधुनिक एल्वम मन सार्वजनिक
आश्विन ११ गते, २०७३ मा प्रकाशित
कृष्ण खनाल
गितकार शारदा मरासिनी सरुको अर्को धमाकेदार आधुनिक एल्वम मन सार्वजनिक भएको छ ।
आधुनिक एल्वम रोजाई सार्वजनिक भएको चार महिना नवित्दै फेरि मन सार्वजनिक भएको हो ।
गितको सप्तक डिजीटलको युबटयुब मार्फत सार्वजनिक गरिएको सरुको भनाई छ ।
अहिलेका चर्चित संगितकार अर्जुन पोख्रेलको संगित चर्चित गायक प्रमोद खरेलले स्वरको जादु छरेका छन भने गित शारदा मरासिनी सरुको शब्द श्रृजनामा तयार गरिएको छ ।
गितमा आफनो मायालुलाई हदै मायां गरेको र मायांले आफनो मन बसमा नभएको हर पल हरक्षण मायांको
यादले सताएको प्रसंग राखिएको छ ।
गितको अंश
हावा संगै बहुं लाग्छ उनको साथमा रहुं लाग्छ
उनको भागको पिडा पनि आफै सहुं सहुं लाग्छ
कोहि कोहिको मायांले बसमा छैन मन
कोहि कोहिको मायांले होसमा छैन तन ।।
गितलाई सप्तक डिजीटल प्रालिले बजार व्यवस्थापन गरेको छ ।