बर्दिया । गिद्ध संरक्षणमा सक्रिय देशभरका स्थानिय समुदायका प्रतिनिधि, संरक्षणकर्मि र सरोकारवाला निकायका प्रतिनिधिहरु गिद्ध संरक्षण भएका कार्यहरुको समिक्षा तथा आगामी कार्य योजनाहरुको तय तथा स्थानिय संरक्षण समुदायको शसत्तिकरणका लागि बर्दियामा भेला भएका छन ।
नेपाल पंक्षी संरक्षण संघको आयोजनामा बर्दियाको ठाकुरद्धारामा आयोजित दुई दिने स्थानिय संरक्षण समुह तथा संस्थाहरुका लागि गिद्ध सुरक्षित क्षेत्र व्यवस्थापन तालिमको उदघाटन गर्दै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले दुर्लभ गिद्ध संरक्षणमा स्थानिय समुदायले पु-याएको योगदानको प्रशंसा गर्दै नेपाल सरकारले लागु गरेको गिद्ध संरक्षण कार्ययोजना २०१५-२०१९ को व्यवहारत कार्यवन्यनका लागि आवाहन गर्नु भयो । विशिष्ट अतिथी नेपाल पंक्षी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमान बाबु प्रधानले नेपालको गिद्ध संरक्षण अभियान विश्व संरक्षण समुदायका लागि अनुकरणीय कार्य भएको बताउनु भयो । समुदायद्धारा संचालित तथा व्यवस्थित जटायु रेष्टुरेन्ट, डाईक्लोफेनेकको पशु उपचारमा प्रतिवन्ध तथा प्रयोगमा रोक, डाईक्लोफेनेक मुक्त जिल्ला घोषणा अभियान र गिद्धका सर्वेक्षण बाट देखिएको सुधारोन्मुख गिद्धको अवस्थाले हामि गिद्ध संरक्षण अब्बल देखीएका छौ प्रधानले भन्नु भयो ।
नेपालको सिगों तराई भू-परीधि क्षेत्र सँगै ५३ जिल्ला पशु उपचारमा डाईक्लोफेनेक मुक्त गिद्ध सुरक्षित क्षेत्र घोषणा गरीएका छन । गिद्धको महत्व, घटनुका कारण, नेपालमा संरक्षणका प्रयास र आगामि कार्ययोजना सम्बन्धमा प्रस्तुती दिदै नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले अबका दिनमा गिद्ध संरक्षण तथा प्रजन्न केन्द्रमा हुर्किएका गिद्धहरुलाई सुरक्षीत प्राकृतिक बासस्थानमा पुनःस्थापना गर्ने, नेपालबाट सुरुवात गरीएको गिद्ध सुरक्षित क्षेत्रको अवधारणलाई साकार पार्नेु, जटायु रेष्टुरेन्टको दिगो व्यवस्थापन र पर्यापर्यटन प्रवद्धन र संरक्षणमा सक्रिय स्थानिय समुदायको ससक्तीकरणका साथै डाईक्लोफेनेकको अवैधानिक प्रयोग र अन्य हानिकारक औषधी एसीक्लोफेनेक, निमुस्लाईड र किटोप्रोफेनको पशु उपचार प्रयोगमा रोक्नु आगामी कार्यभार रहेको बताउनु भयो ।
दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा गिद्ध संरक्षणमा लागेका १४ जिल्लाका २० भन्दा बढि संघ सस्थाका प्रतिनिधिहरु सहभागि भएको स्थानिय सह आयोजक संस्था बर्दिया प्रकृति संरक्षण क्लबका अध्यय्क्ष राम बहादुर शाहीले बताउनु भयो । सहभागिहरुले गिद्ध संरक्षणका लागि डाईक्लोफेनेक प्रयोगमा पुर्ण प्रतिबन्धका साथै बासस्थान संरक्षण, आहार व्यवस्थापन, वैज्ञानीक अनुसन्धान र सचेतना अभिवृद्धिमा जोडदिनु पर्ने बताय ।
दक्षिण एशियामा पाइने ९ मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाइन्छन । अर्घाखाँची जिल्लाबाट गिद्धका बासस्थान भएका सामुदायिक बनको प्रतिनिधित्व गर्दै गर्ता खहरेखोला सामुदायिक बनका अध्ययक्ष डिल्लबहादुर रानाभाट सहभागि भएका थिए । उनले अर्घाखाँची जिल्लामा पाईने पाँच प्रजातीका गिद्ध र तिनको संरक्षण प्रयासका विषयमा प्रस्तुती दिएका थिए ।