अखिल छैठौंको २० औं राष्ट्रिय सम्मेलन काठमान्डौमा सुरु

सुर्य भुसाल
काठमान्डौ । अखिल छैठौंको २० औं राष्ट्रिय सम्मेलन आजदेखी काठमान्डौमा सुरु भएको छ ।
शैक्षिक समानता र राष्ट्रिय एकताका लागि बिसौ राष्ट्रिय सम्मेलन भन्ने मुल नाराका साथ त्रिभुवन बिश्व बिद्यालय काठमाडौमा सुरु भएको सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उप-प्रधानमन्त्री चित्र बहादुर केसीले उदघाटन गर्नुभएको छ ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशका ठुला पार्टीका नेताहरू कुर्सीको मोहमा अल्झिएका कारण देशले कठिन मोड लिएको बताउदै राष्ट्र समृद्धिको निम्ति सम्पुर्ण युवाहरुलाई दृढ भएर अघि बढ्न आग्रह गर्नुभयो ।
अध्यक्ष केसीले भारतीय ठाडो आदेशमा राष्ट्रिय हित बिपरित संविधान संसोधनको चलखेल भइरहेकोे भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभएको छ ।
उदघाटन कार्यक्रममा नेकपा मसालका प्रवक्ता बिमल शर्मा,राष्ट्रिय जनमोर्चाकि उपाध्यक्ष तथा साम्सद दुर्गा पौडेल,राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा,रक्तिम सास्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्मा,अखिल छैठौंका पुर्व केन्द्रिय अध्यक्षहरु हिमलाल पुरी,कृष्ण अधिकारी,राजेन्द्र ढुङ्गाना,दुर्गा शर्मा,ने.बि.संघका अध्यक्ष नैनसिंह महर,अनेरास्ववियु अध्यक्ष नबिना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष अनिल शर्मा लगायतले मन्तव्य राख्दै सम्मेलन सफलताको शुभकामना दिनुभएको थियोे ।
आगामी निति तथा कार्यक्रम र नयाँ नेतृत्व चयन गर्दै आगामी असौज १६ गते सम्पन्न हुने सम्मेलनमा देशभरबाट करिब पाँच सय प्रतिनिधि र प्रर्यबेक्षकहरुको सहभागीता रहेको अखिल छैठौंले बताएको छ ।