टोपबहादुर रायमाझीद्वारा ५ नम्बर प्रदेशको भूगोललाई टुक्राउन र दायाँबायाँ पार्न खोजिए प्रतिकार गर्ने चेतावनी

५ नम्बर प्रदेशको भूगोललाई टुक्राउन र दायाँबायाँ पार्न खोजिए जनताले प्रतिकार गर्ने चेतावनी दिए । उनले गुल्मी, पाल्पा र अर्घाखाँचीलाई ४ नम्बर प्रदेशलाई गाभ्न खोजिएको उनले बताए । लुम्बिनी अञ्चलका ६ वटै जिल्ला टुक्राउन नपाइने उनले बताए । 
– वीरेन्द्र केसी
कास्की – पूर्वउपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले प्रतिपक्ष दलले साथ नदिए संविधान संशोधन हुन नसक्ने बताएका छन् । उनले संविधान संशोधन मार्फत मधेसीको माग पुरा गर्न सत्ता बाहिर रहेका एमाले, राप्रपा नेपाल, माले लगायतका दलले सहभागिता जनाउनुपर्ने बताए । 
दुई तिहाई बहुमत बिना संशोधन हुन सक्दैन, अर्घाखाँची पोखरा सम्पर्क समाजले शनिबार पोखरामा गरेको दसैं शुभकामना कार्यक्रममा बोल्दै उनले भने, सरकारसँग दुई तिहाई बहुमत छैन । राजनीतिक संक्रमणकाल अन्त्य गरी देशलाई आर्थिक सम्बृद्धितर्फ लैजान सबैले संविधान संशोधनमा साथ दिएर तीनै तहको चुनावमा भाग लिनुपर्छ । चुनाव भएपछि मात्रै संविधान कार्यान्यवन हुन सक्ने उनले बताए । अब देशमा राजनीतिक क्रान्ति पुरा भयो, उनले भने, अब आर्थिक क्रान्ति विना देशको विकास हुन सक्दैन । त्यसैले उत्पादनमुलक क्षेत्रमा लाग्नुको विकल्प छैन ।
५ नम्बर प्रदेशको भूगोललाई टुक्राउन र दायाँबायाँ पार्न खोजिए जनताले प्रतिकार गर्ने चेतावनी दिए । उनले गुल्मी, पाल्पा र अर्घाखाँचीलाई ४ नम्बर प्रदेशलाई गाभ्न खोजिएको उनले बताए । लुम्बिनी अञ्चलका ६ वटै जिल्ला टुक्राउन नपाइने उनले बताए । मिलेर बसेको भूगोललाई टुक्राएर द्धन्द्ध निम्त्याउन खोज संविधान कार्यान्वयन हुने नसक्ने उनले दावी गरे ।