नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको बताएका छन् ।
नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा बोल्दै डा. भट्टराईले प्रधानमन्त्रीले भारतसँग गरेको २५ बुँदे सम्झौता देशको हित विपरीत भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा २५ बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निन्द्रा लागेन, उनले भने ।
सत्ता र कुर्सी टिकाउन विदेशीसँग सम्झौता गर्नुपर्ने अवस्था आइरहे राष्ट्र विदेशीको गम्भीर कुचक्रमा पर्ने टिप्पणी गर्दै डा. भट्टराईले भने, यस्तो प्रवृत्तिको अन्त्य गर्न संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्छ । पाँच वर्षसम्म स्थायी सरकार भएमा विदेशीले चलखेल गर्न नपाउने बताउँदै उनले भने, देश विकास र सम्बृद्धि तर्फ अगाडि बढ्छ, उनले भने । कान्तिपुरमा समाचार छ ।