अधिकारका लागि सबै विधार्थी एकजुट हुनुपर्ने केन्द्रीय उपाध्यक्ष रानाको भनाई

सुर्य प्रसाद भुसाल
रुपन्देही । नेपाल विधार्थी संघका केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले विधार्थीहरुको हक र अधिकार सुनिश्चित गर्नका लागि सबै  बिधार्थि सगठनहरु एकजुट भएर अगाडि बढनु पर्ने बताउनु भएको छ । 
रुपन्देहीमा बिजया दशमीको शुभकामना अार्दान प्रदान कार्यक्रममा  बोल्दै उपाध्यक्ष रानाले अाफुहरुको कार्यकालमा बिधार्थीहरुको पक्षमा शैक्षिक अामुल परिबर्तनको अभियान चलाउने बताउनु भयो । 
उहाले समय सापेक्ष शिक्षा तथा ब्यवहारिक शिक्षा प्राबिधिक शिक्षालाई सबै क्षेत्रले ध्यान दिनु पर्ने बताउदै निजि क्षेत्रलाई भन्दा राज्यले सामुदायिक तथा सरकारी बिधालयको गुणस्तर सुधार गर्नु पर्ने बताउनु भयो । 
रानाले शैक्षिक सुधारका लागि राज्य जहिले पनि उदासिन हुँदा सरकारी बिधालयको अबस्था मजबुद हुन नसकेको बताउदै बिधार्थीहरुको पक्षमा अाफुहरुले निशुल्क शिक्षालाई उच्च माबि सम्म पुराउन पहल गर्ने बताउनु भयो ।