सुर्य भुसाल
काठमाडौं ( अर्घाखाँचीडट्कम) । अखिल (छैठौं)को ऐतिहासिक २० औं राष्ट्रिय सम्मेलन व्यापक र मर्यादित रुपमा छलफल गरी बन्दसत्रमा पेश भएका सम्पुर्ण प्रतिबेदन तथा आगामी कार्यक्रम सर्वसहमतिले पास गर्दै बिमल पोख्रेल प्युठानको अध्यक्षतामा २७ पुर्ण र १२ बैकल्पिक गरी ३९ सदस्यीय अखिल (छैठौं) केन्द्रिय समितिको सर्वसहमतिबाटै निर्बाचित गर्दै ऐतिहासिक रूपमा निर्धारित समयमै सम्पन्न भएको छ ।
नव निर्बाचित केन्द्रिय समितिको महासचिवमा भिमलाल पोख्रेल बागलुङ र दोय उपाध्यक्षमा देबेन्द्र कुवर अर्घाखाँची र रेशम कंडेल पाल्पा चयन हुनुभएको छ ।
यसैगरी समितिको कोषाध्यक्षमा बसन्त खनाल र दोय सचीवमा गणेश अधिकारी कास्की र महेश जोशी कंचनपुर पनि निर्बिरोध निर्बाचित हुनुभएको छ ।
यस्तै सम्मेलनले मनु सिन्जाली बागलुङ र डबल तिरुवा डोटी लाई सर्वसहमतिले निर्बाचित गरेको छ ।
यस्तै नवनिर्बाचित समितिको पुर्ण केन्द्रिय सदस्यमा निश्चल क्षेत्री पाल्पा, गोपाल प्रसाद भट्टराई अर्घाखाँची लगायत चयन हुनुभएको छ ।