भीषण वर्षासँगै आएको बाढीले लमजुङमा एक घर, सडक बगायो, मनाङतर्फ जाने सवारी-साधन अवरुद्ध

आइतबार राति परेको भीषण वर्षासँगै आएको बाढीले लमजुङको बेसीसहरनजिकै एक घर बगाएको छ । बाढीले अरु केही घरहरु जोखिममा परेका छन् ।
पुमा खोलामा आएको बाढीले बेसीसहर-१३, का दलबहादुर तामाङको घर बगाएको हो । दलबहादुरकी पत्नी धनमायाकाअनुसार घरसँगै पसलका सामानहरु पनि बाढीले बगाएको छ ।
बाढीबाट स्थानीय दीपक श्रेष्ठ, पदम गुरुङ र ददीबहादुर गुरुङको घर जोखिममा परेको छ ।
मनाङे-चौतारा र सातबिसेबाट जाने दुबैतर्फ सडक पनि बाढीले बगाएपछि उत्तरी लमजुङ हुँदै मनाङतर्फ जाने सवारी-साधन अवरुद्ध भएका छन् । इमेजखबरमा समाचार छ ।