पश्चिम नेपाल बस ब्यबसायी समितिका अध्यक्ष खरेलद्वारा यात्रुहरूको माग अनुसार सहज र सुबिधा जनक सेबा उपलब्ध गराएको उल्लेख

सुर्य भुसाल 
बुटवल ( अर्घाखाँचीडट्कम । पश्चिम नेपाल बस ब्यबसायी समितिका अध्यक्ष दधि खरेलले यात्रुहरूको माग अनुसार सबै ठाउँहरुमा अाफुहरुका सवारी साधनहरुले सहज र सुबिधा जनक सेबा उपलब्ध गराएको बताउनु भएको छ । 
विजया दशमी तथा शुभदिपावली २०७३ को उपलक्षमा पश्चिम नेपाल बस ब्यबसायी समिति प्रधान कार्यालय बुटवलले अायोजना गरेको शुभकामना अार्दानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममालाई सम्बोधन गर्दै अध्यक्ष खरेलले दशैका बेला नयाँ सुबिधा जनक बसहरुले अाफ्नो कार्यक्षेत्र भरिनै सेबा उपलब्ध गराएको बताउनु भयो । 
खरेलले समितिले गरिरहेका काम कारबाही दुर्घट्ना न्युनिकरणका लागि जनचेतनामूलक कार्यक्रम चालक सहचालकहरुलाई प्रशिक्षण दिएर अहिले यात्रुहरुले मुस्कान सहितको सुबिधा पाएको पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । 
खरेलले पश्चिम नेपाल बस ब्यबसायी समितिले नयाँ योजनाका साथ थप काम गर्न लागेको बताउदै अाफुहरुको संस्था नाफामुलक भन्दा पनि सेबा मुलक भएको बताउदै बिजया दशमीको शुभकामना सबैमा ब्यक्त गर्नु भयो । 
शुभकामना अार्दानप्रदान कार्यक्रममा पश्चिम नेपाल बस ब्यबसायी संघका पदाधिकारी कर्मचारी पत्रकारहरुको उपस्थिति रहेको थियोे ।