मुलुकका लागि लगानीमैत्री वातावरणका बनाउन भन्दै बनाइएको विदेशी लगानीसम्बन्धी संशोधित विधेयकबारे बुधबार एक कार्यक्रमकाबीच छलफल गरिएको छ ।
उद्योग मन्त्रालयले गरेको छलफलमा सरोकारवालाहरुले विधेयकमाथि आ-आफ्ना धारणा राखेका छन् ।
मन्त्रालयले विधेयकमा लगानीसम्बन्धी स्पस्ट व्यवस्था गरिएको जनाएको छ ।
विधेयकमा कुनैपनि विदेशी लगानीनकर्ताले ऐनको अधीनमा रही कुनैपनि उद्योगमा विदेशी लगानी गर्न र लगानीबाट लाभ प्राप्त गर्नसक्ने व्यवस्था गरिएको छ । इमेजखबरमा समाचार छ ।