दशैँ मनाउन १२ लाख बाहिरिए, राजधानी सुनसान हुदै

      बडादसैं सुरु भएको छैटौं दिनसम्म आइपुग्दा राजधानीबाट करिब १२ लाख मानिस बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले केही दिनयता दैनिक एक लाखभन्दा बढीले राजधानी छाडिरहेको बताए ।

यस्तै, दसैंको मौका पारेर बढी भाडा लिएको उजुरीमा केही सवारी साधनलाई कारबाही गरिएको भन्दै ट्राफिक प्रहरीले बढी भाडा लिए वा क्षमताभन्दा बढी यात्रु राखे प्रहरीमा खबर गर्नसमेत आग्रह गरेको छ । इमेजखबरमा खबर छ ।