अर्घाखाँचीका नवगायक झबिन्द्र थापा मगरले यसपालिको दशैँ तिहारमा पाएनन बिदा


बाबु रोका मगर
“कला मृत्यु पछिको जीवन हो” हरेक मानिस भित्र कला, प्रतिभा हुन्छ फरक यति मात्रै हो कि सबै मानिस भित्र प्रतिभा ति कलाहरु प्रस्तुत गर्न सक्ने क्षेमता हुदैन तर कोशिस गरे असम्भब भन्ने यो संसारमा केहि पनि छैन | प्राय आधुनिक गीतहरु गाउन रुचाउने अर्घाखाँची खिल्जी निवासी नवगायक झबिन्द्र थापाले यसपटक पहिलो दशैँ तिहार गित “पाइन् बिदा मैले” बोलको गीतलाई मेशना डिजिटलको प्रस्तुतिमा सार्बजनिक गराएका छन् |
म्युजिक भिडियोमा झबिन्द्र थापा मगर अनि सन्तोषी संगमको स्वर र शब्द रहेको छ भने लय झबिन्द्र थापा मगरको रहेको छ | मोडलिंग तर्फ सारिका र रिहान ले राम्रो अभिनय गरेका छन् यस भिडियो लाइ कालु तामाङ्ग (अनिश) ले निर्देशन गरेका छन् भने सम्पादन अमर शाक्यको रहको छ |
जिन्दगीका हरेक पाइलाहरुमा कस्ट काट्दै कठिन परिश्रम संगै सांगीतिक क्षेत्रमा आफुलाई अब्बल बनाउनको निम्ति काठमांडू स्थित संगीत क्षेत्रमा स्ट्रगल गरिरहेका थापाले अरु एल्बम बजारमा ल्याउने पुरा तयारि रहेको जानकारी गराएका छन् |
झबिन्द्र थापाले आधुनिक मात्रै होइन लोकदोहोरी, लोक पप अनि संगीतमा पनि आफुलाई रुपान्तर गर्न को लागि दिनरात मेहनत गरिरहेका छन् दर्शक स्रोताहरुको माया र साथ पाएको खुशी ब्यक्त गर्दै यसपटक दशैँ तिहारको बिशेष गित र भिडियो दर्शक माझ लिन सफल भएका छन् |