बडा दसैंको सातौ दिन आज सैनिक मन्च टुडिखेलमा आज नेपाली सेनाले राइफल र तोपबाट २०७३ सालको फूलपाती बढाई सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाल सेनाका परमाधिती श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतित्थ्य रहेको थियो । साथै उप राष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्प कमल दाहाल, प्रधानन्यायाधीश सुशिला कार्कीको पनि सहभागिता रहेकाे थियो ।
फूलपाती बढाइँको एतिहासिक पृष्ठभूमिलाई हेर्दा नेपाल एकीकरण अभियानको क्रममा पृथ्वीनारायण शाहले बिक्रम सम्बत १८२५ सालमा काठमाडौं उपत्यका बिजय पश्च्यात यसैलाई देशको राजधानी बनाउने निर्णय गरेपछि गोर्खाबाट सिधै हनुमान ढोका दरबारमा फूलपाती भित्राउने तथा बढाइँ गर्ने प्रचलन सुरु भएको हो ।
सोहि अनुरुप गोर्खा दरबारको दसैँ घरबाट ल्याइएको फूलपाती विधिपूर्वक आजै हनुमान ढोका स्थित दसै घरमा फूलपाती भित्राइन्छ ।
हेर्नुस आज सैनिक मन्च टुडिखेलमा नेपाली सेनाले गरेको फूलपाती बढाइँ । कान्तिपुरमा समाचार छ ।