दसैंमा मादकपदार्थ सेवन गरेर सवारी-साधन चलाउनेहरुलाई कडा कारबाही

मादकपदार्थ सेवन गरेर सवारी-साधन चलाउनेहरुलाई ट्राफिक प्रहरीले कडा कारबाही गर्ने भएको छ ।
चाडबाडमा दुर्घटना नहोस् भनेर दसैंको समयमा ट्राफिक व्यवस्थापनमा कडाइ गरिएको हो ।
चाडबाडको समयमा मादकपदार्थ सेवन गर्नेको संख्या बढ्ने र दुर्घटना पनि बढ्नसक्ने भन्दै ट्राफिक प्रहरीले मापसे गरी सवारी चलाउनेलाई कडा कारबाही गर्ने जनाएको छ ।
दसैंको समयमा प्रहरीले आफ्नो ड्युटी समयलाई पनि बढाएको ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेंथुले आइतबार हामीसँग बताए ।
ट्राफिक प्रहरीले सर्वसाधरणको यात्रालाई सहज बनाउनको लागि चोकचोकमा सहयोगकक्ष पनि राखेको छ ।
अन्य समयमाभन्दा राजधानीका विभिन्न चोकमा ट्राफिक प्रहरीले उपस्थिति पनि बाक्लो बनाएको छ ।
चाडबाडमा मापसे गर्नेहरुले सडकमा जथाभावी सवारी-साधन चलाउने भन्दै ट्रााफिक प्रहरीले उनीहरुमाथि निगरानी बढाएको हो । इमेजखबरमा समाचार छ ।