बडा दसैंमा सुनसान भएको काठमाडौं, पुन चहलपहल सुरु (फोटोफिचर)


बडा दसैंले सुनसान भएको काठमाडौंमा पुन: चहलपहल सुरु भएको छ ।अष्टमीदेखि नै खालीजस्तै भएका सडकहरु विजया दशमीको दुई दिनपछि भने लयमा फर्कन थालेका छन् । यात्रुवाहक सार्वजनिक तथा निजी सवारीको चाप बढ्न थालेको छ ।

सडक यातायातबाट २२ लाखभन्दा बढी र हवाईमार्गबाट २० हजारभन्दा बढी यात्रुले दसैंमा काठमाडौं छाडेका थिए । दसैंमा जन्मथलो हिंडेका यात्रुहरु पनि काठमाडौं फर्कन थालेपछि सडक चाप विस्तारै बढ्न थालेको छ ।

सर्वसाधारण काठमाडौं फर्कक थालेपछि बजार र पसलहरु पनि खुल्न थालेका छन् ।
कान्तिपुरबाट