कांग्रेस नेता सिंहद्वारा पार्टी मुल्यमान्यताकाे राजनीतिकमा केन्दित हुन नसके अस्तित्व संकटमा पर्ने भन्दै सबैमा जिम्मेवार बन्न अपिल

सुर्य भुसाल 
स्याङ्जा । अाज नेपाली कांग्रेस स्याङ्जा क्षेत्र  नं ३ ले गल्याङमा अायाेजना गरेकाे कायकर्ता भेटघाटमा बाेल्दै कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी  बिधि-बिधान र  मुल्यमान्यताकाे राजनीतिकमा केन्दित हुन नसके पार्टीकाे अस्तित्व संकटमा पर्ने भएकोले जिम्मेवार बन्न अपिल गर्नु भएको छ । 
जसरी पनि पार्टी कब्जा गर्ने बाहुबलकाे प्रयाेग गर्नेहरुकाे हालि-मुहाली बढेकाले समयमा नै सचेत हुन अाग्रह गर्नु भयकाे छ  । अाफुहरुले बारम्बार केन्द्रीय कार्य समितिकाे बैठक बाेलाउन अाग्रह गरे अनुरुप अागामी ४ गते सभापतिले बैठक आहावान गरेकाले अब पार्टीले जारी राजनीतिक गतिराेध अन्त गर्न अपनाउनु पर्ने रणनित सरकारमा पार्टीकाे भुमिका प्रभावकारी बनाउने बिषय, तराई मधकाे समस्या समाधान र संविधान कार्यन्वनकाे बिषयमा गम्भिर रुपमा छलफल गरि एउटा रणनिति तय गरेर अघी बढ्ने समेत बताउनु भएको छ । 
कांग्रेसकाे नेतत्रित्वमा अाएको संविधान कांग्रेस कै नेतत्रित्वमा कार्यन्यवन गराउन ठुलाे दलकाे हैसियतमा अगुवाइ गरेर अन्य दलहरुलाई समेत सहमतिमा ल्याउन पहल गरने समेत बताउनु भएको छ । अहिले प्रमुख दलहरुले अा-अाफ्नाे अडानमा लचक भएर संविधान कार्यन्यवन र मधेस समस्याको समाधानमा लाग्नु पर्ने भन्दै दलहरु जिम्मेवार बन्न नसकेमा मुलुक गम्भीर संकटकाे भुमरिमा धकेलिने चेतावनी समेत दिनु भएको छ । 
कार्यक्रममा तीन नम्बर क्षेत्रकाे क्षेत्रिय कार्यालयकाे समेत उदघाटन गर्नु भएको थियाे भने कांग्रेस नेता माेन पान्डे क्षेत्रिय सभापति ईश्वर खाड लगायतले बाेल्नु भएको थियाे । हिजाे देखि स्याङ्जाका विभिन्न कार्यक्रममा सहभागी हुन अाउनु भएका सिहले काली गण्डकी जलविद्युत अायाेजनाकाे समेत अवलोकन गर्नु भएको छ ।