असार १ मा सुरु भएको मनसुन ठीक चार महिनापछि आइतबार बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजुधर प्रधानांगले बिहीबारदेखि मुलुकको सबै भु-भागबाट मनसुन बाहिरिएको जानकारी कान्तिपुरलाई दिए ।
सामान्यतया नेपालमा असोज पहिलो साता (सेप्टेम्बर २३) मा मनसुन बाहिरिने भए पनि पछिल्ला केही वर्षयता सातादेखि दुईसातासम्म मनसुन लम्बिने गरेको छ ।
नेपालमा जेठ अन्तिम साता मनसुन प्रवेश हुन्छ । औसत १ सय दिन मनसुनी वर्षा हुने गरेको छ ।
कुन वर्ष कहिले मनसुन सकिएको थियो ?
वर्ष कहिले
२०७३ असोज ३०
२०७२ असोज १६
२०७१ असोज २१
२०७० कात्तिक २
२०६९ असोज १२
२०६८ असोज २०
२०६७ असोज १५
२०६६ असोज २९
२०६५ कात्तिक १
२०६४ असोज २२
कान्तिपुरमा समाचार छ ।