अमेरिकी राहदानी र भिसाका लागि फोटो खिचाउँदा चश्मा लगाउन नपाइने भएको छ। यो नियम २०७३ कात्तिक १६ गतेदेखि लागु हुने दूतावासले जनाएको छ।
फोटो खिचाउँदा हालै शल्यक्रिया गरी आँखाको सुरक्षाको लागि चश्मा लगाउनै पर्ने जस्ता विशेष स्वास्थ्य अवस्थामा मात्रै अमेरिकी राहदानी तथा भिसाका आवेदकहरूले चश्मा लगाउन पाउने जनाइएको छ। स्वास्थ्यका कारण चश्मा लगाउनै पर्ने आवेदकहरूले आफ्नो आवेदनका साथ शल्य चिकित्सक वा आँखा रोग विशेषज्ञको हस्ताक्षर भएको पत्र पेश गर्नु पर्नेछ।
आवेदनको कामकारवाहीमा ढिलासुस्ती नहोस् भन्नका लागि अमेरिकी राहदानी तथा भिसाका लागि फोटो खिचाउँदा आवेदकहरूले चश्मा फुकाल्न जरुरी छ । नागरिक न्युजले दुताबासलाई उदृत गर्दै लेखेको छ।