श्याम घिमिरे
बुटवल । राष्ट्रिय जनमोर्चाका निकट अन्तराष्ट्रिय नेपाली एकता समाजको पाँचौ अन्तराष्ट्रिय भेला यही कार्तिक २ र ३ गते बुटवलमा सम्पन्नभएको छ ।
भेलाको भू.पु उपप्रधान सहकारी तथा गरीबीनिबारण मन्त्री एवं राष्ट्रिय जनमोर्चाका केन्दिय अध्यक्ष चित्र बहादुर के.सी.ले द्वीप प्रज्वलन गरि उद्घघान गर्नु भएको थियो । भेलाको उद्घाटन गर्दै अध्यक्ष केसीले अन्तराष्ट्रिय रुपमा गठीत यो संगठन आम प्रवासीहरुको हकहितको लागी लड्दै आईरहेकोले अझै यसलाई शसक्त र बलियो बनाएर लैजानु पर्नैमा जोड दिनु भएको थियो । नेता केसीले नेपालमा हुने सबै खाले परीबर्तनहरुमा प्रबासीहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुको प्रसम्शा समेत गर्नु भएको थियो । भेलाले गंगा पौडेलको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय संगठन समितिको गठन गरेको छ ।
जसको उपाध्यक्षमा अर्जुन सुनार प्रर्चुगल, महासचिव शोभकान्त लामिछाने ओमन, कोषाध्यक्ष खगेश्वर शर्मा भारत र सचिव बिदुर शर्मा लाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा हिमाल थापा बेल्जियम, कृष्ण के सी युएई, देवनारायण पोख्रेल बहराइन, दिल बहादुर विक साउदी अरब, धन बहादुर केसी बेलायत, दुर्गा बहादुर केसी भारत, तोयनाथ कडेल बेल्जियम, लुमकान्त पुन कतार, यमलाल सापकोटा जापान, धर्मराज उपाध्य कुवेत र शंकर पोख्रेल मलेशिया लाई चयन गरेको छ भने एक स्थान रिक्त राखेको छ । त्सस्तै समितिले अर्जुन थापा,बोदीराम खत्री र किशोर अधिकारीलाई सल्लाहकार समितिमा मनोलयन समेत गरेको छ ।
कार्यक्रममा नेकपा मसालका प्रवक्ता विमल शर्मा, किसान संघका अध्यक्ष भैरब रेग्मी, महिला संघकी अध्यक्ष मिना पुन, समता समाजका दिल बहादुर बिक, जनजाति सम्मेलनका राम बहादुर बुढा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कपिल खनाल, उद्योग व्यापार संघका ढुण्डीराज पौडेल, प्रगतीशिल पत्रकार संघ नेपालका अध्यक्ष नारायण शर्मा,बुद्धिजिवि संघका दुर्गा खरेल, जनवादी मधेसी मोर्चाका बद्रे आलम, युवक संघका बाबुराम आचार्य लगाएतले भेला सफलताको शुभकामना व्यक्त गरेका थिए । भेला अर्जुन थापाको अध्यक्षता दुर्गा के.सी को स्वागत मन्तब्य र खगेश्वर शर्माको सन्चालन सम्पन्न भएको थियोे ।