निलम्बित अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्च अदालतमा अर्को पुरक निवेदन दर्ता भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको सम्पूर्ण सुविधा खोस्नुपर्ने र उनलाई कामकारबाहीबाट रोक्न अन्तरिम आदेश जारी गर्नुपर्ने माग राखी शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गरेका हुन् ।
नियमित न्यायिक कामकारबाही अवरुद्ध गरेको, अदालतलाई असहयोग गरेको, आफूविरुद्धको प्रमाणहरु नस्ट गर्ने सम्भावना रहेकाले कार्कीविरुद्धको अन्तिम फैसला नआउञ्जेल उनलाई निलम्बनको अवस्थामा राख्नुपर्ने निवेदनमा माग गरिएको छ ।
साथै अधिवक्ता अर्यालले कार्कीमाथि अन्तरिम आदेश जारी नभए आफूविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा चलखेल गर्नसक्ने, अदालतको नियमित कामकारबाही अवरुद्ध पार्ने भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने माग पनि निवेदनमा गरेका छन् । कान्तिपुरमा समाचार छ ।