अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाभियोग लागेका प्रमुख आयुक्त लोकमान कार्कीको सचिवालयमा रहेका ५ प्रहरी निरीक्षक(इन्सपेक्टर) सहित १० सुरक्षाकर्मीलाई फिर्ता गरेको छ ।
आयोगले मंगलबार इन्सपेक्टरहरु रञ्जन दाहाल, ठगबहादुर केसी, जयेश्वर रिमाल, रञ्जन बस्नेत, सुरज पौडेल लगायतलाई प्रमुख आयुक्तको सचिवालयबाट फिर्ता बोलाएको आयोगस्रोतले बतायो ।
अब प्रमुख आयुक्तको सचिवालय करिव तालाबन्द गरे सरह भएको छ, अख्तियारस्रोतले भन्यो, कार्कीको निवासमा रहेका र निजी रुपमा खटिएका सुरक्षाकर्मीलाई पनि हटाउने क्रम सुरु भएको छ । केही सुरक्षाकर्मीको भने दरबन्दी नै आयोगमा भएकाले फिर्ता पठाउन ढिलाई भएको आयोग स्रोतले बताएको छ । कान्तिपुरमा समाचार छ ।