रशना ढकाल
काठमान्डौ (अर्घाखाँचीडट्कम) सामाजिक सास्कृतिक रुपान्तरणको लागि हाम्रो अभियान अन्तर्गत महिलाको निम्ति महिला मञ्च नेपालले बालाजुको बाइसधारा पार्कमा दिदी बहिनी संगि टिका कार्यक्रम सम्पन्न गरेको छ ।
शक्ति समुहकि सस्थापक अध्यक्ष चरिमाया तामाङ्गले दाई भाईले मात्र होइन दिदि बहिनीले पनि एक अर्कालाई टिका लगाउन सक्छन् र जुन चेलीको दाई भाई छैनन उनीहरुको लागी यस्तो कार्यले उर्जा थपिने विश्वास रहेको र आगामि दिनमा यस्तो रचनात्मक कार्यलाई कसरी निरन्तरता दिने भन्ने तिर लाग्न सबैलाई आग्रह गर्नु भएको थियो ।

त्यस्तै गरि परम्परालाई जोगाई राख्नु हाम्रो दायित्व हो र परम्परा भित्र देखिएका त्रुटिलाई हटाउदै समाजमा सकारात्मक सन्देश जाओस भन्ने हिसाबले दिदि बहिनी संगि टिका कार्यक्रम गरेको महिलाको निम्ति महिला मञ्च नेपालकी सस्थापक अध्यक्ष सृजना पुनले बताउनु भयो । त्यसतै गरि जर्मनकि अनुशन्धानकर्ता मिस लिजाले आफु यस्तो कार्यक्रममा सहभागि हुन पाउदा खुशि भएको र मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको श्रम अधिकारको लागि महिला मञ्चले उठाएको अभियानमा आफू सधै साथ दिने बताउनु भयो ।
महिला मञ्चकि अध्यक्ष छलिमाया मगरले आउने दिनमा यस्तो कार्यलाई निरन्तरता दिने बताउनु भयो । बालाजुको बाइसधारा पार्कमा सम्पन्न सो कार्यक्रममा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले एक अर्कालाई टिका लगाएर शुभकामना आदान प्रदान गरेका थिए ।