तरुणदलको केन्द्रीय सदस्यका उम्मेदार कपिल पोख्रेलद्वारा चुनाब जिते तरुणहरुको पक्षमा डटेर काम गर्ने भनाई

सुर्य भुसाल 
काठमाडौं । नेपाल तरुणदलको केन्द्रीय सदस्यमा उमेदबार घोषणा गरेका तरुण नेता कपिल पोख्रेलले अाफुले चुनाब जिते तरुणहरुको पक्षमा डटेर काम गर्ने बताउनु भएको छ। 
अागामी २७ / २८ / र २९ गते पोखरामा हुने तरुणदलको चौथो महाधिबेसनमा अाफु केन्द्रीय सदस्यमा उमेदवारी दिने बताएका तरुण नेता युबा ब्यबसायी सामाजिक ब्यक्ति कपिल पोख्रेलले काठमाडौंमा पत्रकार सामु  अाफ्नो उमेदबारी घोषणा गर्दै पोख्रेलले अाफुले सगठनका लागि दिन रात खट्ने बताउदै अाफुलाई मतदिएर केन्द्रीय सदस्यमा जिताउनका लागि अाग्रह गर्नु भयो ।
यस्तै उहाले अाफु निर्बाचित भएमा युबा स्वरोजगार युबाहरुलाई स्वदेश मै रोजगारी दिने ब्यबस्थापन मिलाउने तथा अन्य युवाहरुका लागि नयाँ योजना ल्याउनका लागि पहल गर्ने बताउनु भयो । पोख्रेल अहिले अाफ्नो प्रचारका लागि  देश दौडाहामा हिडेका छन अर्घाखाँचीको पणेनामा जन्मिएका पोख्रेल अहिले काठमान्डौमा ब्यबसाय गर्नुको साथै सक्रिय तरुणदलको राजनीति गर्दै अाएका छन । उनले अाज काठमाडौमा अाफ्नो उमेदवारी घोषणा गरि देश डौडाहामा निस्केको बताएका छन ।