उपचार खर्च तिर्न नसकेर एक बिरामीले बिहीबार विराट नर्सिङ होमको तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका छन् ।
मेनेन्जाइटिस रोगबाट पीडित सुनसरी पूर्व कुशाहाका २५ वर्षीय अनुज विश्वासले अस्पतालको तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
चारदिनअघि मेनेन्जाइटिस रोगबाट ग्रस्त विश्वासलाई अस्पतालले आइसियूमा भर्ना गरेर उपचार गरेको थियो । रोग निको भएर बिहीबार डिस्चार्ज भएपछि उनले हामफालेर उनले आत्महत्या गरेका हुन । अस्पतालका अनुसार उनको उपचारमा १ लाख ४४ हजार रुपैयाँको बिल उठेको थियो । त्यसमध्ये अस्पतालले १७ हजार छुट पनि गरेको थियो ।
अस्पतालका अनुसार उनका अविभावकले १ लाख १७ हजार रुपैयाँ अस्पताललाई तिर्दै गर्दा विश्वासले तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । कान्तिपुरमा समाचार छ ।