सुर्य भुसाल
रुपन्देही ( अर्घाखाँचीडट्कम) । नेकपा एमालेका केन्द्रीय सचिब प्रदिप ज्ञवालीले सरकार कछुवाको गतिमा अगाडि बढेको बताउनु भएको छ ।
प्रेस चौतारी रुपन्देहीले अायोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिब ज्ञवालीले मधेसको समस्या समधान गर्नका लागि सरकार अाफै गम्भीर नभएको अारोप लगाउदै २०७४ भित्र स्थानिय तह तथा प्रदेशिक तहको निर्बाचन गर्न नसके सरकारको भबिस्य समाप्त हुने बताउनु भएको छ। उहाले लोकमान सिह कार्किलाई लगाईएको महाअभियोग कुनै पनि हालतमा ससदबाट पारित हुने बताउदै सबै दलहरु एकजुट हुनु पर्ने बताउनु भयो ।
ज्ञवालीले सबिधान सम्सोधनका बिषयमा सत्तारूढ दलहरुले अाफुहरु सित कुनै पनि छलफल नगरेको बताउदै स्थानिय निकाय र प्रदेसको चुनाबमा नेकपा एमाले देशभर पहिलो पार्टी बन्ने दाबी गर्नु भयो । सचिव ज्ञवाली नेकपा एमाले खिदिम गाउँ कमिटिले अायोजना गरेको जेष्ट नागरिक सम्मान कार्यक्रममा अाईतबार खिदिम अाउन लागेको एमाले अर्घाखाँचीका युवानेता प्रेमनारायण गैरेले जानकारी दिनुभयो ।
खिदिममा हुने कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य नजिर मिया सासद डा दुमनसिह थापा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्य लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता प्रेम गैरेले जानकारी दिनु भयो । अाईतबार हुने कार्यक्रमको सम्पुण तैयारी पुरा भएको गाउँकमिटिका अध्यक्ष सुर्य केसीले जानकारी दिनु भयो ।