अर्घाखाँची शुवर्णखाल मन्द्रेका नारायण अधिकारीको पहिलो लोक दोहोरी एल्बम ”अन्तै माया बढेाश” बजारमा (भिडियोसहित)

काठमाडौं । अर्घाखाँची शुवर्णखाल मन्द्रे- ७ जन्मेका नव सर्जक गायक नारायण अधिकारीको पहिलो लोक दोहोरी म्युजिक एल्बम ”अन्तै माया बढेाश” बजारमा आएको छ ।
यस म्युजिक एल्बममा स्वर नारायण अधिकारी र बिदुं बिहानी रहेको छ । यस्तै लय अशिम खनाल, शब्द कमल कुमार ढिकुराको रहेको छ ।
कमल कुमार ढिकुराको उत्कृष्ट शब्द सिर्जना र अशिम खनालको निकै मर्मिक लय सिर्जना साथै नारायण अधिकारी र बिदुं बिहानीको सुमधुर स्वरमा सजिएको यस गीतले वास्तविक मौलिकता बोकेका लोकदोहोरीहरुको खडेरी भइरहेकै बेला पुनः दर्शकलाई नयाँ पन दिनेमा पनि विश्वास लिइएको छ ।
यस म्युजिक भिडियो राधाकृष्ण म्युजिक प्रालीले बजारमा ल्याएको हो ।