नेपालमा विभिन्न भौगोलिक, राजनीतिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई फोटो पत्रकारिताका माध्यमबाट अगाडि बढाउने उद्देश्यले महाकाली-मेची साइकल यात्रा सुरु भएको छ ।
फोटो पत्रकार उषा तितिक्षुले शनिबारदेखि महाकाली-मेची साइकल यात्रा सुरु गरेकी हुन् ।
कन्चनपुरको दोधारा झोलुंगेपुलनजिकबाट सुरु भएको साइकल यात्रा चार महिनापछि मेची पुगेर समापान हुनेछ ।
चार महिनाको अवधिमा नेपालका विभिन्न भौगोलिक र पर्यटकीयस्थलको फोटो खिच्ने उनले जनाएकी छन् ।
यसरी खिचिएका फोटोहरुको प्रदर्शनीसमेत गरिनेछ । इमेजखबरमा समाचार छ ।