राष्ट्रिय जनमोर्चाले अक्टुवर क्रान्तिको शतवार्षिकि कार्यक्रम मनाउँदै

श्याम घिमिरे
कार्तिक, २१,अर्घाखाँची । रुसमा अक्टुवर क्रान्ति सफल भएर समाजवादी व्यवस्था स्थापना भएको १०० वर्ष पुगेको अवसरमा समाजवादी क्रान्तिको महत्व झनै बढेको वर्तमान परिवेशमा संसारभरिका क्रान्तिकारीहरुले अक्टुवर क्रान्तिको शतवार्षिकि विश्वभर विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् ।
यही शिलसिलामा नेपालमा पनि एकवर्षे अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम एकवर्ष सम्म संचालन हुँदैछ । उक्त कार्यक्रम यहि कार्तिक २२ गते नेपालको सबै जिल्लाहरुमा र विश्वभर एकैसाथ उद्घाटन हुँदैछ ।
लेनिनको नेतृत्वमा रूसमा त्यहाँको कम्युनिष्ट पार्टीले सन् १९१७ को अक्टोबर महिनामा गरेको क्रान्तिको फलस्वरूप समाजवादी व्यवस्था स्थापना भएको थियो । रूसको महान् समाजवादी क्रान्ति सम्पन्न भएको यही २०७३ कार्तिक २२ गते १०० वर्ष हुदै छ । 
यस उपलक्ष्यमा राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिले यहि २०७३ कार्तिक २२ गतेदेखि २०७४ कार्तिक २२ गते १ वर्षसम्म ”अक्टोबर क्रान्तिको झण्डालाई उँचा राख्न नयाँ पीडिबाट हजारौँ क्रान्तिकारीहरूलाई भर्ना गरौँ” भन्ने मूल नाराका साथ अक्टोबर क्रान्तिको शतवार्षिकी देशैभरि विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय गरेको छ ।
 यस दौरानमा मुख्यत पार्टीले सङ्गठन विस्तारमा ध्यान दिने । लाखौँ नयाँ सदस्यहरूलाई पार्टीमा भर्ना गरिने । त्यसले सङ्गठनको शक्तिमा बृद्धि हुनुका साथै देशको एउटा बलियो राजनीतिक शक्ति बन्न सफल हुने , देश तथा विश्वको समाजवादी आन्दोलनमा त्यसले महत्वपूर्ण योगदान दिन सक्षम हुने बताइएको छ ।
 विश्वमा समाजवादी आन्दोलन रक्षात्मक अवस्थामा भए पनि त्यसको भविष्य उज्ज्वल रहेको यथार्थ जनताका माझ पुर्याइने, देशको राष्ट्रियता र जनजीविकाका अगाडि देखापरेका समस्याका विरुद्ध सर्घष गर्न विभिन्न आन्दोलनहरू पनि सङ्गठित गरिने बताइयको छ । त्यस दौरानमा नेपालका विभिन्न जिल्लाहरुका गाउहरुमा जनतासँग भेटघाट, अन्तरक्रिया, गोष्ठी, जनसभा, पर्चा वितरण, पोष्टरिङ, पुस्तक पुस्तिका प्रकाशन, सांस्कृतिक कार्यक्रम, फिल्म प्रदर्शन र अन्य सङ्घर्षका कार्यक्रमहरू सञ्चालन हुने राष्ट्रिय जनमोर्चा ले बताउनु भयको छ । 
यसै क्रममा अर्घाखाँची जिल्लामा पनि माथी उल्लेखित कार्यक्रमहरु सन्चालन गरीने राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झबिलाल थापाले बताउनु भएको छ ।