१२ बर्षदेखि हुन नसकेको नेपाल तरुण दलको चौथो महाधिवेशन यही कात्तिक २७ गते देखि २९ गतेसम्म हुने भएको छ ।
नेपाल तरुण दलले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी महाधिवेशनबारे जानकारी दिएको हो । सो अवसरमा तरुण दलका नेताहरुले महाधिवेशन हुन नदिने र भागवण्डा गर्ने प्रवृत्तिलाई परास्त गर्ने बताए ।
जिल्ला महाधिवेशन भएको २ बर्ष भईसक्दा पनि महाधिवेशन हुन नदिइएको भन्दै उनीहरुले यस पटक पनि महाधिवेशन नहुने हो भने नेपाली कांग्रेसलाई नै असर गर्ने जिकिर पनि गरे । इमेजखबरमा समाचार छ ।