सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची कात्तिक २३ । नेकपा एमालेका युवानेता एबम संसद डाक्टर दुमन सिंह थापाले स्थानिय निकायको निर्बाचन नभए मुलुक गम्भीर दुर्घटनामा पर्ने बताउनु भएको छ।
रेडियो देउराली १०१ मेगाहर्जको चर्चित कार्यक्रम साझा बिचार बहसमा पत्रकार सुर्य भुसाल सँगको बहस मा भनाई राख्दै युवा नेता थापाले संसदमा दर्ता भएको निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीको महाअभियोग प्रस्ताव संसदबाट पारित हुनेमा अाफु र अाफ्नो पार्टीले बिस्वास गरेको बताउनु भयो ।
थापाले ठुला दलहरु नमिले सम्म सविधान कार्यन्यन हुन नस्सक्ने बताउदै बर्तमान सरकारले जनताको पक्षमा काम गर्न असफल भएको बताउनु भयो । उहाले एमाले पार्टी जनताको लोकप्रिय पार्टी भएको बताउदै अब हुने स्थानीय निर्बाचनमा नेकपा एमाले देशभर पहिलो पार्टी बन्ने दावी गर्नु भयो ।
थापाले अर्घाखाँची जिल्लालाई कृर्षि क्षेत्रको पकेट एरिया घोषणा गरेर जिल्लालाई कृषि क्रान्तिबाट अगाडि बढाउनु पर्नेमा सबैले साथ दिनु पर्ने बताउनु भयो ।
थापाले जिल्लाको बिकास निर्माणका लागि अाफु अगाडि बढिरहेको बताउदै दक्षिण खाचिको बिकासका लागि अाफुले पहल गरिरहेको दावी गर्नु भयो ।
थापाले नौमुरे जलविद्युतको कामलाई अगाडि बढाउन पहल गरिरहेको बताउदै उक्त जलविद्युतले अर्घाखाँची जिल्लाको बिकासमा ठुलो टेबा पुग्ने बताउदै स्वास्थ शिक्षा खानेपानी बाटो घाटो निर्माणलाई अागामि बर्ष अझै अाफ्नो पहलमा दुर्त गतिमा अगाडि बढाउने दावी गर्नु भयो ।
उहाले बिकासबादी पार्टीको अाफु नेता भएको नाताले पनि जिल्लाको बिकासलाई अगाडि बढाउने अाफ्नो दायित्व भएको बताउदै गाउँ गाउँमा संगठन निर्माणलाई तिब्रता दिन समेत अाग्रह गर्नु भयो ।