सरुवा बदरकोविरुद्धमा उदयपुरका शिक्षकहरु आन्दोलनमा

जिल्ला शिक्षा अधिकारीको सरुवा बदरकोविरुद्धमा उदयपुरका शिक्षकहरु आन्दोलनमा उत्रेका छन् ।
एक वर्षे कार्यकालपछि सरुवा भएका जिल्ला शिक्षा अधिकारी दिलीपकुमार ठाकुरको सरुवा बदर भइ उदयपुरमै पदस्थापना भएपछि शिक्षकहरुको पेशागत महासंघले नमान्ने जनाएका छन् ।
नेपाल शिक्षक संघ नेपाल, राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संघले संयुक्तरुपमा निर्णयप्रति आपत्ति जनाएका हुन् ।
एक वर्षे कार्यकालमा ठाकुरले उदयपुरमा विद्यालय भौतिक निर्माणमा मोटो रकम असुल गरेको, जिल्लान्तर र आन्तरिक सरुवामा रकमको चलखेल गरेको, जिल्ला शिक्षा समितिको निर्णय कार्यान्वयन नगरेर जिल्लाको शैक्षिक गतिविधि तहस-नहस पारेको आरोप ती संस्थाहरुले लगाएका छन् । इमेजखबरमा समाचार छ ।