घनश्याम पाैडेल परिश्रमी
कपिलवस्तु, २४ कात्तिक । धर्म परिर्वतन मुक्त नेपाल धर्म निरपक्षता मुक्त नेपाल जातिय छुवाछुत मुक्त नेपाल नया हिन्दु राष्ट्र नेपाल निमार्ण गरौ भन्ने मुख्य नाराका साथ हिन्दु जागरण नेपाल पश्चिमाञ्चल मध्यपश्ञ्चिमाञ्चल र सुदुर पश्चिमअञ्चल क्षेत्रिय प्रशिक्षण कार्यक्रम कपिलवस्तुको खैरेनिपुरमा २ दिने पशिक्षण आज सम्पन्न भएको छ।
कार्यक्रममा स्र्वगद्धारि महार्पभु मन्दिरका संरक्षक गंगानन्द तिर्थको प्रमुख अतिथ्यता, हिन्दुजाणरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यको विषेश आतिथ्यता रहेको थियो ।,केन्द्रिय महासचिव वालकृष्ण पौडेल,हिन्दु जागरण युवा संघ नेपालका केन्द्रिय अध्यक्ष्य पदम कुवर लगाएतले मन्तव्य राखेका थिए।
प्रमुख अतिथिको आसन वाट वोल्दै स्र्वगद्धारि महार्पभु मन्दिरका संरक्षक गंगानन्द तिर्थले सम्पुर्ण नेपालि सनातन धर्म मान्नेहरु एकजुट भएमा
नेपाल हिन्दु राज्य वन्ने वताउनु भयो ।
प्रशिक्षणमा अर्घाखाँचीका २० जना त्यस्तै कपिलवस्तु प्युठान वाके कन्चनपुर वर्दिया सुर्खेत,दैलेख दाङ,स्याङजा गुल्मी र रुपन्देहिका हिन्दु
जागरण अभियानमा आवद्ध २०० जना प्रशिक्षार्थिहरुको उपस्थिति रहेको थियाे ।