कपिलवस्तुको बुङ्चीमा आज बिहान करिब ३ बजे बस र एम्बुलेन्स ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एम्बुलेन्समा सवार कञ्जनपुर बाइस विजुवाका ५५ वर्षीय सुब्बा राना र ६० वर्षीया मदिया राना रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोख्रेलले बताए।
एम्बुलेन्स चालक कञ्चनपुर बाइस विजुवाका मनोज पोख्रेल र अन्य पाँच जना गम्भीर घाइते भएकाले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। बिरामी लिएर कञ्चनपुर फर्कदै गरेको मा१च ३९६ नंको एम्बुलेन्स र दाङबाट शैक्षिक भ्रमणका लागि लुम्बिनी आइरहेको ना४ख ७९९६ नंको बस ठोकिएका हुन्। रासस