संसद् बैठक सांसदहरुद्वारा भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी नभएको भन्दै चिन्ता व्यक्त

सांसदहरुले भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी नभएको भन्दै दुखेसो पोखेका छन् ।
संसद्को आइतबारको बैठकको शून्य समयमा सांसदले पहिलो किस्ता बापतको रकम समेत पीडितले नपाएको भन्दै पुनःनिर्माणको काम कारबाही प्रभावकारी हुन नसकेको दुखेसो पोखेका हुन् ।  गोरखा भूकम्प  गएको लामो समय भए पनि वास्तविक भूकम्पपीडितले हालसम्म राहत नपाएको तर नक्कली भूकम्पपीडितले पाएको र कर्मचारी गाउँ नजाँदा पीडितले राहत पाउन मुस्किल भएको गुनासो पनि उनीहरुको छ ।
तत्काल पीडित बस्तीमा कर्मचारी पठाएर पुनःलगत सङ्कलन गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराए ।
यस्तै, भारत सरकारले भारु पाँच सय र एक हजारमा प्रतिबन्ध लगाएपछि त्यसले नेपाली बजारमा समेत प्रभाव पारेकाले तत्काल समस्या समाधान गनुपर्नेमा उनीहरुले जोड दिए । उनीहरुले चिनियाँ लगानीमा कोटेश्वर