सांसदहरुको तलब भत्ता झण्डै दोब्बरले बृद्धि, अब मासिक कम्तिमा १ लाख २४ हजार हुने

संसदले सांसदहरुको तलब भत्ता बढाउने सम्बन्धि विधेयक पारित गरेको छ ।
आइतबार बसेको संसद वैठकले पारित गरेको विधेयक अनुसार अब सांसदहरुको मासिक तलब भत्ता अब मासिक कम्तिमा १ लाख २४ हजार हुने भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गरेको विधेयकलाई बहुमतले स्वीकृत गरेको हो ।
नयाँ व्यवस्थाअनुसार सांसदहरुले ५५ हजार २३० रुपैयाँ पारिश्रमिक पाउने छन् । यस्तै विशेष भत्ता १ हजार, बैठक भत्ता प्रतिदिन ५ सय, सञ्चार सुविधा ३ हजार, आवास सुविधा १८ हजार र फर्निचर खर्च १५ हजार पाउने छन् ।
त्यसैगरी सांसदहरुले यातायात सुविधा प्रतिदिन १ हजार, दैनिक भत्ता प्रति दिन २ हजार ५ सय तथा बिजुली पानी भत्ता २ हजार पाउने भएका छन । सांसदहरुले यो बढेको सुविधा पाउन भने अर्को आर्थिक बर्षसम्म पर्खनु पर्नेछ । इमेजखबरमा समाचार छ ।