पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी गुडिरहेको माइक्रोबाट लडेर घाइते, उपचार हुँदै

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी गुडिरहेको माइक्रोबाट लडेर घाइते भएका छन्।
उनको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ।
उनको टाउको र ढाडमा चोट लागेको  छ।  माइक्रोबाट लडेर बेहोस हुनुभएछ, उनले भने,  टाउको र ढाडमा चोट लागेको छ। अहिले होस आइसकेको छ।
माइक्रोबाट लडेपछि उनलाई स्थानीय र प्रहरीको सहयोगमा अस्पताल ल्याएको हो।
मैतीदेवीस्थित कोठाबाट मण्डिखाटारमा रहेको पार्टी कार्यालय जाने क्रममा उनी गुडिरहेको माइक्रोबाट लडेका हुन्।
डिएसपी नवराज कार्कीका अनुसार बा १ ज ६३१८ नम्बरको नीलो माइक्रोमा रहेका केसी गौशालाको ओरालोमा लडेका थिए। माइक्रो र चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा घाइते भएका केसीलाई भेट्न गृहमन्त्री अस्पतालमा
 माइक्रो बस दुर्घटनामा परी घाइते भएर सिनामंगलस्थित केएमसी अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्थाबारे उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले बुधबार साँझ जानकारी लिएका छन्। 
७६ वर्षीय नेता केसीको टाउकोको पछाडि सामान्य चोट लागेको छ। भेटमा गृहमन्त्री निधिले उपचारमा कुनै कमी हुन नदिन अस्पतालका डाक्टरहरुसँग आग्रह गरे। डाक्टरहरुले एक दुई दिनमै केसीलाई डिस्चार्ज गरिने बताएका छन्।
बिहान पार्टीको बैठकमा सहभागी हुन माइक्रोबस चढेर गौशालाबाट चाबहिलतर्फ जाँदै गरेको अवस्थामा उनी दुर्घटनामा परेका थिए। सेतोपाटीमा समाचार छ । 
 राजमो अध्यक्ष तथा निबर्तमान उपप्रधानमन्त्री चित्र बहादुरको सन्देश :-

” साथिहरु नआत्तिनु होला ,म खतरामुक्त छु । आज बिहान पौने एघार बजे पार्टी अफिस जाने क्रममा म माइक्रो बाट खसे ।अहिले म KMC अस्पतालमा छु । डाक्टरहरुले मलाइ कुनै खतरा नभएको बताउनु भएको छ ।मेरो स्वस्थ्य स्थिती सामान्यनै छ ।मेरो स्वास्थ अवस्थाप्रती चिन्ता र चासो ब्यक्त गर्दै शिघ्र स्वास्थलाभको कामना गर्नुहुने सम्पुर्ण जनसमुदाय , पार्टी पङ्ती , आफन्तजन र मेरो उपचारमा सङ्लग्न KMC अस्पतालका डाक्टर , नर्स र सहयोग गर्ने सम्पुर्ण कर्मचारीहरु प्रती म हार्दिक आभारका साथ धन्यवाद दिन चाहान्छु ।”