सत्तारुढ कांग्रेस र माओवादी केन्द्रद्वारा संविधान संशोधनको विधेयक आइतबार दर्ता गर्ने निर्णय

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधनको विधेयक आइतबार दर्ता गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकले चार वटा विषयमा संविधान संशोधनको विधेयक दर्ता गर्ने निर्णय लिदै मस्यौदालाई समेत अन्तिम रुप दिइएको काग्रेस नेता एवं मन्त्री रमेश लेखकले बताए ।
सरकारले शुक्रबार संविधान संशोधन प्रस्ताव पेश नगर्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैंठकबाट अनुमोदन गरी प्रस्ताव दर्ता गर्ने भनिए पनि सरकारले थप छलफलपछि मात्र प्रस्ताव अघि वढाउने तयारी गरेको हो ।
सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुको शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैंठकले संविधान संशोधनमा थप छलफल गर्ने निर्णय गरेको हो ।
त्यसक्रममा नेताहरुले संविधान संशोधन प्रक्रिया र त्यसमा उत्पन्न हुनसक्ने जटिलताबारे कानून ब्यवसायीहरुसँग पनि छलफल गरेका थिए ।
संविधान संशोधनबारे कांग्रेस र माओवादी केन्द्रबीच छलफल गरेर आईतबारसम्म टुंगोमा पुग्ने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले जानकारी दिए ।
माओवादी केन्द्र र काँग्रेसले पार्टीभित्र आन्तरिक छलफल गरेपछि सामूहिक धारणा बनाएर मधेशी मोर्चासँग छलफल गर्ने पनि उनले जानकारी दिए । इमेजखबरमा समाचार छ ।