चैत्र मसान्तभित्र स्थानीय निकायको निर्वाचन हुने संभावना क्षीण: प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवले आगामी चैत्र मसान्तभित्र स्थानीय निकायको निर्वाचन हुने संभावना नरहेको बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय राजविराजमा आइतबार पत्रकार सम्मेलनमा उनले राजनीतिक दलहरु अहिले पनि दुविधामा रहेकोले निर्वाचनको सम्भावना क्षीण छ भने ।
विदेशमा रहेकाहरुको पनि मताधिकार सुनिश्चित गर्न आयोग गम्भीर रहेको भन्दै यादवले अनलाई मतदानका लागि सफ्टवेयर विकास गर्ने काम भईरहेको जानकारी दिए । इमेजखबरमा समाचार छ ।