पाँच नम्बर प्रदेश विभाजनको विरुद्ध लुम्बिनी अञ्चललमा क्रियाशील सवै राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन् ।
आज गुल्मीको तम्घासमा बसेको ११ वटा दलको वैठकले लुम्बिनीमा क्रियाशील सवै दल सम्वद्ध सांसद तथा जिल्ला पार्टी प्रमुखहरुको भेला बुटवलमा गर्ने निर्णय गरेको हो ।
सत्तारुढ दल कांग्रेस, माओवादी, एमालेलगायतका दलका प्रतिनिधिहरुको वैठकले ५ नम्बर प्रदेश विभाज विरुद्ध बुटवल र नेपालगञ्जलाई केन्द्र बनाई आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।
पाँच उता, रोल्पालाई ५ नम्बर प्रदेशबाट टुक्र्याउने संशोधनको प्रस्तावको विरुद्ध आज पनि सदरमुकाम लिवाङमा प्रदर्शन भएको छ ।
सर्वदलीय तथा सर्वपक्षीय संघर्ष समितिले चक्का जाम गरेर विरोध जनाएको हो ।
चक्का जामको समयमा रोल्पाबाट बाहिरिने र भित्रिने कुनै पनि सवारी साधन चलेनन् । सरकारले आफ्नो माग बेवास्ता गरेको भन्दै चक्का जाम गरिएको हो । इमेजखबरमा समाचार छ ।