दिपक भुसाल
काठमाडौं । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको बिरोधमा एमालेका सांसद राजधानीका सडकमा निस्किएका छन् ।
सांसद विश्राम चौधरी, दुमन थापा र राधाकृष्ण कँडेल माइतीघर मण्डलामा निस्किएका हुन्। उनीहरूसहित पाँच नम्बर प्रदेशका नेता कार्यकर्ताले माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरू माइतीघरबाट जुलुश लगाउँदै बिजुलीबजारतर्फ लागेका छन्।
चौधरी कपिलवस्तु, थापा अर्घाखाँची र कँडेल पाल्पाका सांसद हुन्। सरकारले मंगलबार व्यवस्थापिका संसदमा संशोधन गर्दा पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याएर चार नम्बर प्रदेशमा मिसाउने उल्लेख छ।
बिरोध सभामा पाँच नम्बर प्रदेश बाट काठमाण्डूमा बस्ने जनताको बाक्लो उपस्थित रहेको थियो ।