बुटवलमा बृहत प्रदर्शन ! भोली एकदिनको लागी मात्रै यातायात सन्चालन हुने

विक्रम पाण्डे समान्ता 
मंसिर १६ रुपन्देही  । पाँच न प्रदेश बिखन्डनको  माग गर्दै आज बुटवलमा बृहत प्रदर्शन गरिएको छ । साथै आज बुटबल बजार बन्द रह्यो । 
बुटवलमा  विभिन्न विद्यार्थी सङ्गठनले पाँच न प्रदेश बिभाजन बिरुद्ध प्रदर्शन गरेका  हुन् प्रदर्शनको क्रममा तोडफोड समेत भएको छ । बन्द तथा प्रदर्शनको अवज्ञा गरेको भन्दै बन्द कर्ताले होटेल कस्तुरी मिस्ठान भ्यान रिक्सा , मोटरसाइकल तथा अटो रिक्सामा समेत तोडफोड भएको छ । त्यस्तै राजमार्ग चौराहामा पनि बस माथी तोडफोडको प्रयास भएको छ । 
प्रदर्शनकारीहरुले बुटवलको हस्पिटल लाईन , मिलन्चोक , देबीनगर , गोलपार्क लगायतका मुख्य मुख्य चोकहरुमा पाँच न प्रदेशबाट लुम्बिनी अन्चलका पहाडी जिल्लाहरुलाई टुक्राउन पाईदैन , बिखण्डनकारी संसोधन प्रस्ताब चाईदैन , हिमाल पहाड तराई कोहि छैन , पराई बर्तमान सरकार राजिनामा दे , हाम्रो माग जारी छ भन्ने जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए । बिशेश गरी अर्घाखाँची , गुल्मी , पाल्पा प्युठानबाट बुटवलमा आएका हजारौ युवाहरुको सहभागितामा प्रदर्शन गरीएको थियो । उक्त बृहत् प्रदर्शनमा “गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाज बुटवल रुपन्देहीको बिशेश सहभागिता रहेको थियो । के बालक के युवा के महिला के पुरुष के बृद्ध के तन्नेरी  सबै तह तप्काका ब्यक्तित्वहरुकको उपस्थित रहेको थियो । आज बिहान आठ बजे बाट सडकमा उत्रिएका प्रदर्शनकारीहरु  यो समाचार तयार पार्दा सम्म सडकमै नारा जुलुस प्रदर्शन गरिरहेका छन । 
आन्दोलनकारीहरुले प्रहरी माथी ढुङ्गा मुढा समेत गरेका छन जस्को जबाफमा प्रहरी उत्रिता हजारौं मानिसहरु भागभागको स्थितिमा पुगेका थिए । भागाभागको क्रममा केही युवाहरु घाईते समेत भएका  छन । साथै बुटवलमा रहेको पुस्पलाल पार्कमा माओबादीद्वारा निर्मित शालिक माथी तोडफोडको प्रयास भएको छ । अराजकको उग्र रुप लिएको  आन्दोलनकारीले  पार्क वरिपरिको रेलिङ्ग र प्रखाल समेत भत्काएका छन । प्रदर्शनमा हजारौं मानिसको उत्साह जनक सहभागिता रहेको थियो । 
आज पुर्ण रुमा रुपन्देही बन्दा हुदा उद्दोग कलकारखाना , कार्यालय , शैक्षिक सस्था ठप्प थिए यता संघर्ष समिती रुपन्देहीले जान्कारी दिए अनुसार भोली पाँच न प्रदेश बिखण्डन बिरुद्ध बुटवलमा आयोजित बृहत सभालाई मध्यनजर गरी भोली एज दिनको लागी शुक्रवारको दिन मात्रै सवारी साधनलाई संचालको अनुमती दिईएको जनाएको छ । यद्यपि अनिश्चितकालीन बन्द कार्यक्रम यथाबत रहेको बताईएको छ ।