सुर्य भुसाल
बुटवल । नेपाल बिधार्थी संघले पाँच नम्बर प्रदेश टुक्राउने सरकारले गरेको निर्यणको पक्ष बिपक्षमा आज बुटवलमा जनमत संग्रहको अायोजना गरेको छ ।
जनमत संग्रहमा पहाड र तराईमिलेर बनेको ५ नम्बर प्रदेश टुक्र्याउन हुने र नहुने दुई मत राखीएको थियो । बिहान ८ बजेबाट सुरु जनमत संग्रह मध्यान्ह साढे १२ बजेसम्म चलेको थियो ।
त्यसमा १८ हजार २ सय ७३ जनाले मत राखेको नेविसंघ उपाध्यक्ष रानाले बताए । मतगणना सुरु भएकाले दिउसोसम्म मत सार्वजनीक गर्ने उनले बताए । नेबिसघले यो कार्य एतिहासिक गरेको रुपन्देहीका स्थानियले प्रससा गरेका छन ।
यस्तै नेपाल बिधार्थी संघका केन्द्रीय उपाध्यक्ष युवा नेता प्रकाश रानाले सरकारले ५ नम्बर प्रदेशबाट पहाडि जिल्ला अर्घाखाँची गुल्मी पाल्पालाई तराईबाट छुटाउने र तराई पहाड अलग गर्ने सरकारको निर्णय निरङकुस भएको बताउनु भएको छ ।
नेपाल बिधार्थी संघले रुपन्देहीमा अायोजना गरेको नमुना जनमत संघको उदघाटन गर्दै नेता रानाले बिधार्थिहरुको अान्दोलन निणार्यक हुने बताउनु भयो ।
रानाले पाँच नम्बर प्रदेश कुनै हालतमा फुटाउन नदिने बताउदै ससदमा दर्ता गरिएको प्रस्ताब फिर्ता लिएर ईमानदारीता देखाउन सरकारलाई अाग्रह गर्नु भयो । उहाले जनताको मनोभावना बिपरित गरिएको सबिधान संसोधन प्रस्ताव फिर्ता लिन सरकारलाई चेतावनी समेत दिनु भएको छ। नेता रानाले सरकारले तराईका जिल्लाहरुबाट पहाडि जिल्ला हटाउने निणय तत्काल फिर्ता नलिए देशभरका बिधार्थि अान्दोलित हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सरकारले सामाना गर्न नसक्ने दाबि गर्नु भयो ।
रानाले मधेसका समस्या समधान गर्ने अनेकौं उपाय हुँदाहुदै प्रदेश टुक्राटुक्रा पार्ने र जनता अान्दोलित बनाउने कार्य नगर्न समेत उहाले सरकारलाई अाग्रह गर्नु भयो ।